चर्को आवाजमा कुदाइने बाइक नियन्त्रणका लागि ट्राफिक प्रहरी सादा पोशाकमा परिचालन>
काठमाडौँ । चर्को आवाज निकाल्दै कुदाइने मोटरसाइकलका कारण बढ्दो असुविधा र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले कडा निगरानी थालेको छ। ट्राफिक प्रहरीले यस्ता मोटरसाइकल नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरेको जनाएको छ।>
ट्राफिक प्रहरीका अनुसार नियमविपरीत साइलेंसर परिवर्तन गरी चर्को आवाज निकाल्ने, तीव्र गतिमा चलाइने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने मोटरसाइकलमाथि विशेष कारबाही गरिनेछ।>
यदि कतै चर्को आवाजमा कुदाइएका मोटरसाइकल देखिएमा वा आवाज सुन्नु भएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ। यसका लागि ट्राफिक प्रहरीले सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ।>
सम्पर्क नम्बरहरू:
9852090161, 9852080105, 025-580105, 103>
>
ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न, सार्वजनिक शान्ति र सुरक्षामा सहयोग पुर्याउन सबै सवारी चालकलाई आग्रह गरेको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन