मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना, ३८ जना घाइते>
चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्।>
दाङबाट काठमाडौँतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा ‘घुमाउने’ भन्ने स्थानमा दुर्घटनामा परेको हो।>
प्रहरीका अनुसार बस सडकमा पल्टिएलगत्तै उद्धार कार्य गरी घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।
घाइतेमध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जनाको उपचार भइरहेको छ।>
>
दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक हाल पूर्ण रूपमा खुलिसकेको प्रहरीले जनाएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन